काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनसम्बन्धी नीति छिट्टै परिमार्जन हुने जानकारी दिएका छन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले यस्तो कुरा बताएका हुन्।

उनले विद्युतीकरणको दायरा फराकिलो बनाउने सरकारी योजना अन्तर्गत यातायात, खाना पकाउने र अन्य क्षेत्रमा बिजुलीको प्रयोगमा जोड दिइने उल्लेख गर्दै, यसलाई प्रभावकारी बनाउने काममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विशेष भूमिका खेल्नुपर्ने बताए।

advertisement

मन्त्री घिसिङले निजी क्षेत्रलाई ‘विन्ड इनर्जी’ अर्थात वायु ऊर्जामा काम गर्न चाहनेहरूका लागि आवश्यक सहयोग प्रदान गर्ने आश्वासन पनि दिएका छन्। उनका अनुसार, विन्ड इनर्जी नेपालका लागि सम्भावनापूर्ण क्षेत्र हो र यस क्षेत्रमा लगानी तथा प्रवर्द्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।

घिसिङले कार्यक्रममा भने, इनर्जी इफिसेन्सीलाई प्रभावकारी रूपमा अगाडि बढाउन स्पष्ट कार्ययोजना बनाउनु आवश्यक छ। यसैअनुरूप ऊर्जा ट्रान्जिसन, चार्जिङ स्टेसन विस्तार, यातायात र खाना पकाउने विद्युतीकरणमा विशेष ध्यान दिनुपर्छ। गाउँगाउँसम्म ग्रिड पुगेको अवस्था प्रयोग गर्दै इन्डक्सन कुकिङ लगायतका विकल्पमा लगानी बढाउनुपर्नेछ।

उनले थपे, विद्युत्मा रूपान्तरण कसरी हुन्छ भन्ने विषयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विशेष ध्यान दिनुपर्छ। चार्जिङ स्टेसनसम्बन्धी केही नीति सुधार आवश्यक छ, जुन चाँडै नयाँ बोर्डबाट पास गरिनेछ।

त्यस अवसरमा मन्त्री घिसिङले नेपालमा ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्‍याएको भन्दै जर्मन सरकारप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com