काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन्।

महानगरबासीलाई महानगरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो।

मेयर शाहका अनुसार डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताएका छन्।

उनले डेंगी रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताएका छन्।

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com