काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र महासचिव धनश्याम भुसालसँग भेटवार्ता गरेका छन्। पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाइरहेका दुवै नेतासँग प्रचण्डले बुधबार बिहान छलफल गरेका हुन्।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार खनाल र भुसाल दुवैजना अलग–अलग समयमा प्रचण्ड निवास पुगेर भेटे पनि अन्ततः सँगै छलफल भएको थियो। उनले भने, उनीहरूबीच वाम एकताबारे कुराकानी भएको हो, तर अन्तिम सहमति के भयो भन्ने बारे जानकारी छैन।

advertisement

भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहित नौ वाम घटकसँग पार्टी एकता गर्ने निर्णय गरेपछि खनाल र भुसाल असन्तुष्ट देखिँदै आएका छन्। उनीहरूले सो निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै वैकल्पिक अभियानको तयारी गरिरहेका बेला प्रचण्डले उनीहरूलाई मनाउने प्रयास गरेको बताइएको छ।

यसैबीच, आज दिउँसो १ बजे माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वाम घटकबीच संयुक्त पार्टी एकता घोषणा हुने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com