काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । माओवादीसँग अलग भएको झण्डै डेढ दशकपछि संसदीय चुनावमा भाग लिने घोषणा गरेका विप्लवले आज काठमाडौंमा जनप्रदर्शन गर्न लागेका हुन् ।

त्यसको लागि आज दिउँसो १ बजे भृकुटीमण्डपमा जनसभाको आयोजना गरिएको छ । त्यसअघि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन हुने भएको छ । हिजोमात्रै विभिन्न १० वाम घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी घोषणा भएको छ । घोषणासभामा संयोजक प्रचण्डले अब देशको एक नम्बर पार्टी बन्ने दाबीसमेत गरेका थिए ।

advertisement

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com