काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न अधिवेशनसम्बन्धी बहसमा सबै तहका सदस्य र समर्थकलाई सक्रिय सहभागी हुन आग्रह गरेका छन्। उनले पार्टी सुधार र पुनर्गठनको यो यात्रामा सबैको साथ अपरिहार्य रहेको बताएका छन्।

बुधबार साँझ सार्वजनिक भिडियो सन्देशमार्फत थापाले भने, ”नेपाली कांग्रेसको अधिवेशनका बहसमा सबै साथीहरूलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्दछु। तपाईंहरूको साथ अपरिहार्य छ। कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभएका नौजवानहरूलाई पनि म आग्रह गर्न चाहन्छु , तपाईंहरूको समर्थनले कांग्रेस सुधारको यात्रामा नयाँ ऊर्जा र बल प्रदान गर्नेछ।”

advertisement

थापाले कांग्रेसले नयाँ वाचा र सुधारिएको रूपसहित जनतामा जानुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, “हामी सच्चियौं र पुनर्गठित कांग्रेसका रूपमा जनतामाझ गयौं भने मात्र जनताको विश्वास फिर्ता आउँछ।”

महामन्त्री थापाले आगामी पुष १६ गतेबाट सुरु हुनेगरी नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि कार्यतालिका पनि प्रस्तुत गरेका छन्।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com