काठमाडौं । ‘हामी नेपाल’ अभियानका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गरेका छन्। उनले अपराधी र भ्रष्टाचारीमाथि कारबाही नगरी जेनजी आन्दोलनका युवामाथि दमन गरेको आरोप लगाउँदै गृहमन्त्री पदमा बस्ने नैतिक अधिकार अर्यालसँग नरहेको दाबी गरेका छन्।

‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ शीर्षकमा सामाजिक सञ्जालमार्फत् जारी सन्देशमा गुरुङले लेखेका छन्, सहिदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आँसु सम्झनुहोस्। काम गर्न नसके पद त्याग्ने वाचा सम्झनुहोस्।

advertisement

उनले दुई महिना बितिसक्दा पनि कुनै हत्यारा पक्राउ नपरेको भन्दै सरकारप्रतिको असन्तोष प्रकट गरेका छन्। “देशको हितमा लड्दा अपमान र चरित्रहत्या सहनुपर्‍यो, तर मैले कामले देखाउँछ भन्नेमा विश्वास राखेँ। तर अब तपाईंबाट आशा समाप्त भएको छ,” गुरुङले लेखेका छन्।

सुधनले भदौ २३ र २४ गते भएको आन्दोलन २०८४ सालको निर्वाचन २०८२ मा सार्नका लागि नभएको स्पष्ट पार्दै जनताको माग र जेनजी पुस्ताको आवाज बेवास्ता गरिए आगामी निर्वाचन अवरुद्ध गर्नेसम्मको चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com