काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले निकट भविष्यमा देशको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन्।
चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
उनी भन्छन्, ‘अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेको छ। अब हामीले कम्तिमा १ सय २० दिन भित्र घनिभूत तयारी गर्नुपर्नेछ। त्यसका लागि विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित गर्नुपर्छ। केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्नेछ।’
उपसभापति वाग्लेले आगामी निर्वाचनका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर तयारीमा लाग्न निर्देशन पनि दिएका छन्।
उनको भनाइले पार्टीले आगामी निर्वाचनमा सक्रिय भूमिका खेल्ने र संगठनात्मक तयारीलाई बलियो बनाउने संकेत दिएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया