काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले संसद् पुनर्स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने तर्क गरेका छन् । शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्ने बताए ।

“प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ । जसले पुनर्स्थापना गर्छ, त्यसले गर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ, ओलीले भने ।

advertisement

उनले राष्ट्रपतिले विघटन गर्न सक्ने पुनर्गठन गर्न नसक्ने भन्दै प्रश्न गरे ।

असंवैधानिक ढंगले विघटन गर्न सक्ने पुनर्स्थपना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? गर्नुपर्‍यो नि !,उनले भने ,“विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नुपर्‍यो ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com