मोरङ । मोरङको कटहरी गाउँपालिका–४ जामुनगाछीस्थित जय हनुमान आयल इन्डष्ट्रिज प्रालिमा शुक्रबार राति ग्यास चुहिएर आगलागी हुँदा तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति करिब १२:१० बजे ग्यास लिक भएर आगो लागेको थियो। घटनास्थलमा पुगेको कटहरी प्रहरी चौकीको टोलीले करिब १२:५५ बजे आगो नियन्त्रणमा ल्याएको थियो।

advertisement

घाइतेहरूमा फ्याक्ट्रीका जनरल म्यानेजर भारतका ३० वर्षीय अर्जुन पण्डित, स्थानीय कामदार २२ वर्षीय दीपक कामत र पर्सा–बिरगंजका २९ वर्षीय अलि आलम रहेका छन्। पण्डित र कामतको अनुहार तथा हातखुट्टा जलेका छन् र अवस्था मध्यम रहेको छ। आलमको घाटी र कपालमा क्षति पुगेको भए पनि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। तीनै जना घाइतेलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।

आगलागीबाट केही ग्यास सिलिन्डरमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com