काठमाडौं । गृह मन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय संवेदनशील निकाय भएकाले कतिपय काम सार्वजनिक गर्न नसकिने बताएका छन्। उनले मन्त्रालयले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरिरहेको बताउँदै सुशासनको बाटोमा सरकार दृढ रहेको स्पष्ट पारे।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै मन्त्री अर्यालले लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ भन्ने पनि भन्न मिल्दैन, के गर्यौँ भन्ने समेत भन्न नमिल्ने अवस्था हुन्छ।’
उनले शुद्ध चित्तले कर्म गर्ने प्रतिबद्धता जनाउँदै लखेका छन् , ‘कार्यकालको अन्त्यमा जनतालाई धैर्यका लागि धन्यवाद दिनेछौँ। पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभार पूरा गर्नेछौँ।’
मन्त्री अर्यालले निकास प्रक्रिया र आगामी निर्वाचन तयारीमा गृह मन्त्रालयको सक्रिय भूमिका सुनिश्चित हुने बताएका छन्।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया