काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केटको क्षतिग्रस्त भवन भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मर्मत र सरसफाइका क्रममा काम गर्दै गरेका दुई जना मध्ये एक जनाको ज्यान गएको हो ।
घटनापछि दुबै घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइए पनि एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
उक्त भवन गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । त्यसपछि भवन असुरक्षित बनेपछि भग्नावशेष हटाउने कार्य सुरु गरिएको महानगर स्रोतले जनाएको छ ।
भवन भत्काउने क्रममा आज बिहान भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका थिए, जसमा एक जनाको मृत्यु भएको हो ।
जेनजी आन्दोलनका बेला काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका भाटभटेनी शाखाहरूमा तोडफोड र आगजनी भएका थिए ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया