काठमाडौं । जनमत पार्टीको दल विभाजन रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको पूर्ण इजलासले सीके राउतको पक्षमा फैसला सुनाएको छ ।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहीबार जनमत पार्टी विभाजन भई गठन भएको जनस्वराज पार्टी असंवैधानिक भएको ठहर गरेको छ ।
यसअघि राउतको रिटमा अन्तरिम आदेश जारी भएको थियो । राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो विरुद्ध रिट सर्वोच्चमा पुगेको हो ।
राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । राउतले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएका छन् ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया