काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचार पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। पत्नी आरजु राणासहित कात्तिक १० गते उनी सिंगापुर गएका थिए ।

गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीसँगको झडपमा देउवा दम्पती घाइते भएका थिए। नेपालमै प्रारम्भिक उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका थिए। त्यसपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेर पुनः उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए।

advertisement

यसैबीच, महाधिवेशन नियमित गर्ने कि विशेष बोलाउने, निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा नेपाली कांग्रेस केन्द्रीय समितिले निर्णय गर्न सकेको छैन । दिनहुँ बैठक बसे पनि विभिन्न प्रस्ताव र मतभेदका कारण स्पष्ट निष्कर्षमा पुग्न नसकिरहेको नेताहरू बताउँछन्।

देउवा स्वदेश फर्किएसँगै अब पार्टी नेतृत्व स्पष्ट निर्णयमा पुग्ने आशा नेताहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com