काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो ।

पुरुष १ लाख १५ हजार ०७, महिला १ लाख २७ हजार ६९ र अन्य ९ जना गरी कुल ३ लाख ८ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावली दर्ता गराएका हुन् ।

advertisement

निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् । यो सङ्ख्या भने नयाँ मतदाता नामावली सङ्कलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ ।

आयोगका अनुसार नामावली दर्ता मङ्सिर ५ गतेसम्म गर्न सकिने छ । अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ ।

 

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com