धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङ निर्वाचन आयोगमाथि खनिएका छन् । निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेपछि सामाम्पाङ आक्रोशित बनेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै कटाक्ष गरेका छन् । उनले साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु भएको टिप्पणी समेत गरेका छन् ।

advertisement

उनले भनेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो । मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ।’ निर्वाचन आयोगले खर्च विवरण नबुझाउने उम्मेदवारलाई पदअनुसारको जरिवाना गरेको छ । त्यस्तो जरिवाना ६ महिनाभित्र तिर्नुपर्ने आयोगको भनाइ छ ।

प्रकाशित मिति: ४ आश्विन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com