काठमाडौं । नेकपा एमालेका नेताहरूलाई रोक्ने नाममा बाराको सिमरा विमानस्थलमा बुधबार भएको तोडफोड र हिंसात्मक गतिविधिप्रति प्रधानमन्त्री सुशीला कार्कीले कडा प्रतिक्रिया दिएकी छन्।

उनले फेसबुकमार्फत भनाइ सार्वजनिक गर्दै यस्तो अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य नसक्ने बताइन्।

advertisement

प्रधानमन्त्रीले युवाहरूको असन्तुष्टि र आक्रोशलाई सरकार गम्भीर रूपमा लिएको स्पष्ट पारिन्। ‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन,’ उनले भनेकी छन्।

सिमराको तनावलाई तत्काल नियन्त्रणमा लिन गृह प्रशासन र सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको उनले बताएकी छन् । कार्कीले शान्ति–सुव्यवस्था कायम गर्न, राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र आगामी निर्वाचनलाई निष्पक्ष तथा भयमुक्त बनाउन संयमका साथ काम गर्न आदेश दिइएको बताइन्।

उनले हिंसा र उत्तेजनाले समस्याको समाधान नगर्ने भन्दै सबै पक्षलाई लोकतान्त्रिक प्रक्रियामाथि विश्वास राख्न आग्रह गरिन्।

‘लोकतान्त्रिक प्रणालीमार्फत मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन सबैसँग अपिल गर्छु,’ प्रधानमन्त्रीले भनेकी छन् ।

 

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com