काठमाडौं । विराटनगर विमानस्थलमा एमाले नेता महेश बस्नेतमाथि रातो मसी छ्याप्दै आक्रमण गर्न खोजिएको घटनाप्रति उनले कडा आपत्ति जनाउँदै लोकतान्त्रिक मर्यादामाथिको यस्तो प्रहार अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन्।
बस्नेतले विरोध-प्रदर्शन नागरिकको अधिकार भए पनि त्यसका निश्चित सीमा र अनुशासन हुने उल्लेख गर्दै हिंसात्मक गतिविधि कुनै पनि परिस्थितिमा मान्य नहुने सामाजिक संजाल मार्फत चेतावनी दिएका छन्।
“लोकतन्त्रमा शान्तिपूर्ण अभिव्यक्ति सबैको अधिकार हो, तर आक्रमण र अराजक क्रियाकलाप कहिल्यै स्वीकार्य हुँदैन,” उनले भने। घटनापछि तत्काल सक्रिय भूमिका खेलेको प्रहरी प्रशासनप्रति कृतज्ञता व्यक्त गरेका छन्।
बस्नेतले देश हिंसाले नभई, विचार, संवाद र संस्थागत लोकतान्त्रिक अभ्यासमार्फत अघि बढ्ने दृढता दोहोर्याए। उनले भने,- ‘अराजकता, भीडतन्त्र र आपराधिक हर्कतले राजनीतिक स्थिरता र सामाजिक विश्वास कमजोर बनाउने हुँदा यसप्रकारका गतिविधिलाई समयमै नियन्त्रण आवश्यक छ।’
यसैबीच, विभिन्न अवरोधबीच पनि युवा संघ नेपालको कोशी प्रदेश जागरण सभा विराटनगरमा उत्साहपूर्ण उपस्थितिसहित सुरु भएको बस्नेतले बताए। युवाको ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहित चलिरहेको यो अभियानले देशभर नयाँ सन्देश र प्रेरणा फैलाउने विश्वास उनले व्यक्त गरे।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार












प्रतिक्रिया