काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई बधाई ज्ञापन गरेकी छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले फरक शारीरिक अवस्था र दैनिक जीवनका चुनौतीहरू सामना गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित बनाएको भन्दै टोलीप्रति कृतज्ञता व्यक्त गरिन्।
उनले लेखेकी छन्, ‘दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट २०२५ मा सहभागी नेपाली टिम उपविजेता बन्न सफल भएको छ। विभिन्न चुनौतीका बीच विश्वसमक्ष नेपाल र नेपालीको गौरव बढाउने सम्पूर्ण टिमलाई हार्दिक बधाई।’
उक्त प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार












प्रतिक्रिया