काठमाडौं । काठमाडौं महानगरले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ । काठमाडौं नगर प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो ।

काठमाडौं नगर प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो । वर्षौँदेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो ।

बगैँचामा सटरसहितको टहरा बनाएकोले आज हटाउन लागिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख (एसपी) राजुनाथ पाण्डेले भने, ‘वडा अध्यक्षले ती सटरहरू भत्काउन कामपा प्रहरीलाई आग्रह गर्नुभएको थियो। हामीले सबै विवरण बुझेर भत्काउने निर्णय गरेका हौं ।’

काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत रुपमा बनेका संरचना हटाउने अभियानलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ।

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com