काठमाडौं । सन् २०२४ मा ५० हजार बढी महिलाहरुको परिवारका सदस्यबाट हत्या भएको पाइएको छ । संयुक्त राष्ट्र संघको लागूपदार्थ तथा अपराध कार्यालयले महिला विरुद्धको हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सो तथ्याङ्क देखाएको हो । प्रतिवेदन अनुसार यो प्रत्येक १० मिनेटमा एक तथा प्रतिदिन औषतमा १ सय ३७ जनाको हत्या हुने गरेको पाइएको छ ।

समग्रमा, गत वर्ष विश्वभर ८३ हजार महिला तथा युवतीहरुको जानाजान हत्या गरेको गरेको पाइएको थियो । सो मध्ये ६० प्रतिशत हत्याका घटनामा परिवारका सदसस्न एवं जिकका व्यक्तिहरु संलग्न रहेको प्रतिवेदनले जनाएको छ ।

advertisement

राष्ट्रसंघीय निकायका अनुसार कतिपय देशहरुमा तथ्याङ्क संकलन गर्ने प्रणाली कमजोर रहेकाले आधिकारीक तथ्याङ्क अझै आउन सकेको छैन । आर्थिक अस्थिरता, द्वन्द्व, जबरजस्ती विस्थापन जस्ता कारण महिलाहरु जोखिममा पर्ने गरेको सो क्षेत्रका जानकारहरुले विश्लेषण गरेको समाचारमा जनाइएको छ ।

 

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com