काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकार आईएनजीओको चलखेलमा भएको पुष्टि भएको जेनजीहरुले बताएका छन्। सरकारको समर्थनमा देखिएको एकमात्र जेनजी समुह ‘जेनजी मुभमेन्ट अलाइन्स’की जेनजी अगुवा साङ्केन याम्फु राईले प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ता कार्यक्रमका क्रममा उक्त कुराको खुलासा भएको हो।
विभिन्न जेनजी समुहले सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको मागलाई बेवास्तागरी निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै जेनजीहरु आक्रोशित बनेका छन्।
सरकारले जेनजीको प्रमुख मागहरुलाई बेवास्ता गरेपछि ‘जेनजी मुभमेन्ट अलाइन्स’ बाहेक अन्य सम्पुर्ण जेनजी समुहहरु सरकारको चर्को आलोचनामा उत्रिएका छन्। सरकारले जेनजीको एउटा पनि माग पूरा नगरेको अधिकांश जेनजी समुहको भनाई छ। जेनजी अगुवाका रुपमा देखिएका सुदन गुरुङपनि कार्की नेतृत्वको सरकारको कामप्रती सन्तुष्ट देखिँदैनन्। उनले सामाजिक संजाल मार्फत पनि रोष पोखिरहेका छन्।
सरकारको समर्थनमा देखिएको एकमात्र जेनजी समुह ‘जेनजी मुभमेन्ट अलाइन्स’की जेनजी अगुवा साङ्केन याम्फु राईले टेलिभिजन कार्यक्रममा आईएनजीओले देश विकासमा महत्वपूर्ण योगदान दिएको दाबी गर्दै तिनको खुलेर समर्थन गरेपछि अन्य विभिन्न जेनजी समुहहरुले कार्की नेतृत्वको सरकार बिदेशी इसारामा नाच्दै जेनजीको रगतमा सत्ता स्वार्थको मस्ति गरिरहेको प्रष्ट भएको बताएका छन्।
सुशीला कार्की नेतृत्वको सरकारले जेनजीहरुको रगत र बलिदानको अबमुल्य गरेको भन्दै कार्की नेतृत्व सरकारको विकल्प खोज्ने अधिकांश जेनजीसमुहले जनाएको छ।
आईएनजीओको फण्डिङले देश कहिल्यै समृद्ध नबन्ने भन्दै आईएनजीओको फण्डिङका कारण देश झन द्वन्द्वतिर धकेलिएको जेनजी धनराज शाही बताउँछन्। उनी भन्छन्, ‘फण्ड’ दिने सँधै धनी हुँदै जाने र लिने सँधै गरिब हुँदै जाने, देश झन द्वन्द तिर धकिलिरहेको छ। त्यसैले आईएनजीओको ‘फण्ड’ एनजीओको खातामा होइन् सरकारको खातामा दाखिला हुनुपर्छ। उक्त रकम आवश्यकता अनुसार सरकार आफैंले उचित ठाउँमा खर्च गर्नुपर्छ।’
जेनजीको मागलाई सम्बोधन गर्न सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदा देशले थप संकट भोग्नु पर्ने अवस्था आएको जेनजीहरुको भनाई छ। उनिहरुले करिब ३ महिना बितिसक्दा पनि कार्की नेतृत्वको सरकारले जेनजीका माग एउटापनी पूरा नगरेको र देश झन संकट तर्फ धकेलिएको भन्दै जेनजीहरुले आक्रोश व्यक्त गरेका छन्। जेनजीको मागलाई सम्बोधन गर्ने बाचा सहित प्रधानमन्त्री बनाइएकी कार्कीले जेनजीको मागलाई गलहत्याएको भन्दै जेनजी समूह रुष्ट बनेका छन्।
यसै सन्दर्भमा टेलिभिजन कार्यक्रममा जेनजीका अगुवा सुनिल सिंहले सुशीला कार्की नेतृत्वको सरकारमाथि कडा टिप्पणी गरेका छन्। सरकारले जेनजीको रगत र बलिदानबाट बनेको नैतिक दायित्व बिर्सेर जेनजीका प्रमुख मागलाई लत्याउँदै निर्वाचनमै मात्र ध्यान केन्द्रित गरेको सिंहको भनाई छ। उनले सरकार दलमुखी बन्दै विदेशी इसारामा नाचिरहेको गम्भीर आरोपसमेत लगाएका छन्।
३० भन्दा बढी जेनजी समूहले संयुक्त रूपमा तयार पारेको मागपत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन जाँदा सिंहदरबारमै प्रहरीले धरपकड गरेको थियो। उक्त घटनाले सरकार जेनजीको आवाज सुन्न इच्छुक नभएको स्पष्ट संकेत दिएको सिंहको भनाइ छ।
जेनजी आन्दोलनका मागलाई लत्याएर बेवास्ता गर्दै निर्वाचन केन्द्रित राजनीतिमा सीमित भएको भन्दै कार्की नेतृत्वको सरकारमाथि चौतर्फी आलोचना चर्किंदै गएको छ। जेनजी आन्दोलनसँग जोडिएका प्रमुख जेनजी नेतृत्वकर्ताहरुले यदि सरकार यही बाटोमा अगाडि बढे जेनजीहरूले फेरि विद्रोह गर्ने चेतावनी दिएका छन्।
सुशीला कार्की नेतृत्वको सरकारले जेनजीहरुको रगत र बलिदानको अबमुल्य गरेको भन्दै कार्की नेतृत्व सरकारको विकल्प खोज्ने अधिकांश जेनजीसमुहले जनाएको छ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार













प्रतिक्रिया