काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद र समाजवादको कार्यक्रमबारे एकतामा आएका सबै दलहरुको साझा सहमति रहेको बताएका छन् । आज (बिहीबार) आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुबीच भएको एकताको आधार बलियो रहेको बताए ।

‘एकताको आधार बलियो छ । विचार मिलेको छ, सिद्धान्त मिलेको छ । नीति र कार्यक्रम मिलेको छ । सबैभन्दा मुख्य कुरा नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद, त्यो समाजवादको कार्यक्रमको बारेमा हाम्रो साझा सहमति भएको छ,’– उनले भने ।

advertisement

नेता नेपालले हिजो केही पनि भएन भन्ने निराशालाई चिरेर गल्ती कमीकमजोरी सुधार गर्दै जानुपर्ने बताए । नेपाली जनताको आशा, भरोसाको केन्द्रको रुपमा नेपाली कम्युनिष्ट पार्टीलाई विकास गरिने उनले बताए ।

साथै, उनले पार्टीमा जेन–जीहरुको लर्को लगाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘जेन–जी पुस्ताका युवाहरुलाई यो पार्टीमा लर्को लाग्नेगरी ल्याउने काममा सक्रिया देखाउनुहोस् । पहलकदमी थाल्नुहोस् । सबै जिल्ला–जिल्लाबाट अभियान थाल्नुहोस् । यसको निम्ति कुनै अभियानको खाका तपाईँहरुले बनाउनुहुन्छ भने हाम्रो सामु ल्याउनुहोस् । हामी साथ दिने छौं,’– उनले भने ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com