काठमाडौं । भाटभटेनी सुपर मार्केटले दसैँ तिहार र छठको अवसरमा ग्राहक लक्षित योजना सार्वजनिक गरेको छ । सो योजनामा भाटभटेनीबाट सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३÷३ जनाले ३० सकेन्डमा सकेजति सपिङको पैसा तिर्नु नपर्ने योजना पनि छ ।
यसपालिको दसैँ तिहार र छठ विगत ३ वर्षयताकै विशेष भएकोले यसपाली विशेष स्कीम ल्याइएको भाटभटेनी सुपरमार्केका चीफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले जानकारी दिए । भाटभटेनीले सबै सामानमा १० प्रतिशत छुट, एनआईसी एसिया बैंकको कार्डबाट भुक्तानी गर्दा थप १० प्रतिशत गरी २० प्रतिशत छुट र एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा थप विभिन्न प्रकारका छुट र उपहार पाउने योजना ल्याएको पौडेलले बताए ।
‘अहिले भाटभटेनीका २३ वटा स्टोर छन्, यी स्टोरबाट हरेक साता ३÷३ जनाको दरले अनलिमिटेड सपिङ स्कीम पाउनुहुन्छ, यसको लागि लक्की ड्रबाट छानिएका ग्राहकले ३० सेकेन्डमा जति सक्नुहुन्छ, त्यति सपिङ गर्न पाउनुहुन्छ,’ सीओओ पौडेलले रातोपाटीसँग भने । यो स्कीम भनेको एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा सहभागी हुन पाइने स्कीम हो ।
उनका अनुसार यसरी सामान लिन पाइने भनेको ग्रोसरीका सामान हो । यस्तो योजना सार्वजनिक गर्नुअघि भाटभटेनीले परीक्षण पनि गरेको थियो । परीक्षण गर्दा स्मार्ट ग्राहकले २८ देखि ३० हजारको र सामान्य ग्राहकले ७ देखि १० हजारको सामान लिन सक्ने देखिएको पौडेलले जानकारी दिए । यस्तै, क्युआरबाट १० हजारभन्दा बढीको सामान खरिद गर्दा ३ सय रुपैयाँ पर्ने प्रिमियम व्याग सित्तैमा र त्योभन्दा कमको सपिङमा रेगुलर व्याग सित्तैमा दिने स्कीम ल्याइएको छ ।
प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार
प्रतिक्रिया