काठमाडाैं । नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर क्रिस लिनले अर्धशतक प्रहार गरेका छन्। चितवन राइनोजसँगको खेलमा लिनले अर्धशतक प्रहार गरेका हुन्।

अर्धशतक प्रहार गर्दा लिनले ४२ बलको सामना गरेका छन्। जसमा उनले ३ चौका र २ छक्का प्रहार गरेका छन्।

advertisement

लिनको प्रदर्शनका मद्दतले सुदूरपश्चिम रोयल्सले १३ ओभर चलिरहँदा तीन विकेट गुमाउँदै ९० रन जोडेको छ।

खेलको सुरुवातमा चितवन राइनोजले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com