२७ मंसिर, काठमाडौं – नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शनिबार) १६५ निर्वाचन क्षेत्रका सभापतिहरूसँग छलफल गर्ने भएको छ।

advertisement

महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको समितिले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँग नयाँ क्रियाशील सदस्यता सम्बन्धमा छलफल गर्न लागेको हो।

समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए अनुसार, शनिबार बिहान ९ बजे देशभरका क्षेत्रीय सभापतिहरूसँग नयाँ क्रियाशील सदस्यता वितरणबारे ‘भर्चुअल’ (जुम मिटिङ) माध्यमबाट छलफल गरिनेछ।

उनले भने, “हामीले विधानअनुसार नयाँ सदस्यता फारमहरू संसदीय निर्वाचन क्षेत्रमा पठाइसकेका छौं। यसमा वडा, पालिका, प्रदेश र संघीय क्षेत्र समावेश छन्। बैठकमा त्यहाँ देखिएका समस्या, चुनौती, अप्ठ्यारा र समाधानका उपायबारे छलफल हुनेछ।”

समितिले यसअघि ७७ वटै जिल्ला सभापतिहरूसँग क्रियाशील सदस्यता नवीकरणबारे ‘भर्चुअल’ बैठक सम्पन्न गरिसकेको छ। आइतबार समितिले विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्था लगायतका विषयमा निर्णय गर्ने तयारीमा छ।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com