काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनलमा प्रतिष्पर्धा गर्न लागेका दुवै टोलीलाई शुभकामना व्यक्त गरेकी छन् ।

शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल खेलमा प्रतिस्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्समार्फत् शुभेच्छा दिएकी हुन् ।

advertisement

उनले सन्देशमा लेखेकी छन्, ‘सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई हार्दिक शुभकामना। यो उत्सवले सिंगो राष्ट्रलाई उत्साहित र एकताबद्ध बनाएको छ। सबै नेपालीलाई जोड्दै, सुरक्षा सम्बन्धी आशंका चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वभर फैलाएको छ।’

लुम्बिनी लायन्सको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले सम्हालेका छन् ।

लायन्स र रोयल्सबीचको फाइनल खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ। जुनसुकै टोली विजयी भए पनि एनपीएलले यस पटक नयाँ च्याम्पियन पाउने निश्चित भएको छ ।

सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा पुगेको हो भने लुम्बिनी लायन्स पहिलो पटक प्लेअफमा प्रवेश गर्दै सिधै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ ।

एनपीएलको पहिलो संस्करणमा फाइनल पुगेको सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो। जनकपुर बोल्ट्स भने यस पटक लिग चरणबाटै बाहिरिएको छ।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com