काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएकाे थियो ।
यस्तै, चाँदीको मूल्यले पनि बढेको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार












प्रतिक्रिया