काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहँदा उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
विष्टका अनुसार उनले भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमै पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराइसकेका छन्।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार













प्रतिक्रिया