काठमाडौं । २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसहित सैनिक अधिकारीहरूको बयान लिएको छ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोमबार सिग्देलसहित केही अधिकारीहरूको बयान लिइएको हो। सिग्देल र अन्य सैनिक अधिकारीहरूको बयान प्रक्रिया सम्पन्न भइसकेको छ।
हाल भने तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, वर्तमान आइजिपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालको बयान लिने काम जारी रहेको शर्माले जानकारी दिए।
उनका अनुसार यस साताभित्र जारी बयानहरू सकिनेछन् भने अर्को साता तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरिएको छ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार













प्रतिक्रिया