काठमाडौं । एक चाइनिज कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालो सूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जिन्यु टेक्नोलोजीसहित ११ कम्पनीलाई कालो सूचीमा राखेको हो । जिन्युले नेपाल दूरसञ्चार कम्पनीमा काम गरिरहेको थियो । काम सन्तोषजनक नभएपछि दूरसञ्चारले कालोसूचीका लागि सिफारिस गरेको थियो ।

advertisement

कालोसूचीमा परेका ११ कम्पनीमध्ये जिन्युलाई सबैभन्दा धेरै ३ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनकि खरिद अनुगमन कार्यालयले जनाएको छ । अन्य कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।

कालोसूचीमा राखिका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com