काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदका लागि प्रतिनिधिहरूसँग मत मागेका छन्।

मंगलबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै पूर्वउपमहाचिव ज्ञवालीले आफू केन्द्रीय सदस्य पदमा उम्मेदवार भएको जानकारी दिँदै मतको अपिल गरेका हुन्। ज्ञवाली यसअघि केपी ओली टिमबाट महासचिव पदका आकांक्षी थिए, तर अध्यक्ष ओलीले शंकर पोखरेललाई महासचिवको उम्मेदवार बनाएका थिए। त्यसैगरी ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवारको रूपमा टिममा राखिएको थियो।

advertisement

उपाध्यक्षको उम्मेदवारी अस्वीकार गरेका ज्ञवालीले सोमबार भृकुटीमण्डपमा केवल केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिइसकेका थिए। उनले फेसबुकमा लेखेका छन्:

मेरो यस महाधिवेशनबाट नेकपा (एमाले) को आन्तरिक जीवन मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीति पनि बलियो हुने विश्वास छ। कमरेड केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई शानदार मतका साथ विजयी बनाउनुमा सबै कमरेडहरूमाझ हार्दिक अपिल गर्दछु। म सधैं तपाईंहरूकै बिचमा छु र रहिरहनेछु। यसपटक पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएको छु र कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु।”

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com