काठमाडौं । जेनजी पुस्ताको विद्रोह र आफ्ना राजनीतिक टिप्पणीका कारण चर्चामा रहँदै आएकी गायिका ज्योती मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर उम्मे–दवारका लागि मत मागेकी छन्।
११औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति खुला केन्द्रीय सदस्य पदका उम्मेदवार पूर्णबहादुर गुरुङको समर्थनमा मगर स्वयं महाधिवेशनस्थल पुगेर मतदातासँग अपिल गरेकी हुन्।
विभिन्न स्थानमा आयोजना हुने मेला तथा महोत्सवका कार्यक्रममा व्यस्त रहेकी गायिका मगरले समय निकालेर महाधिवेशनमा उपस्थित भई उम्मेदवारको प्रचार–प्रसार गर्न भ्याएको बताइएको छ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया