काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न आइतबार साँझ बालुवाटार पुगेका छन्।
लामिछानेसँगै पार्टीका उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी तथा नेताहरू शिशिर खनाल र सोभिता गौतम पनि बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार अहिले प्रधानमन्त्री र उनीहरूबीच छलफल जारी छ।
रिहाइपछि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग पहिलोपटक भेट गरेका हुन्।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया