काठमाडौं। गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलाइप्रति चासो जनाउँदै काम तत्काल अघि बढाउन सडक विभागका कर्मचारीलाई निर्देशन दिएका छन्।
शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भइरहेको ढिलाइबारे उनीहरूको गुनासो सुनेका थिए। पुल समयमै नबन्दा आवतजावतमा समस्या भइरहेको स्थानीयले बताएका थिए।
स्थानीयको गुनासोपछि गृहमन्त्री गुरुङले रोकिएको निर्माण कार्य तत्काल अघि बढाउन र समस्या समाधानका लागि सरकारसँग आवश्यक समन्वय गर्न सडक विभागका कर्मचारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार












प्रतिक्रिया