काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट सिफारिस गरिएको छ।
राप्रपाको क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा शाहीसहित परशुराम सिलवाल र रबिन घिमिरे गरी तीन जनाको नाम सिफारिस गरेको हो। शाही यसअघि जुम्लाबाट निर्वाचित भएका थिए।
त्यसैगरी, सोही निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ विक्रम लामा, कौशल्या थापा र किशोर देशारको नाम सिफारिस गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन आगामी २१ फागुनमा हुने तय भएको छ। अघिल्लो निर्वाचनमा ललितपुर–१ बाट नेपाली कांग्रेसका उदयशम्शेर राणाले विजयी भएको थिए।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया