काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया