काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनाको विषयमा बयान दिनको लागि जाँचबुझ आयोग जाने भएका छन् । लेखकले भोलि (सोमबार) आयोगमा पुगेर बयान दिने भएका हुन् । तत्कालिन गृहमन्त्रीको हैसियतमा आयोगले लेखकलाई बयानको लागि पत्राचार गरिसकेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत उनलाई बयानको लागि आयोगमा जान सुझाव दिईएको थियो । उनले आफूलाई शुक्रबार नै बयानको लागि बोलाईएको भएपनि सोमबार जाने भनिसकेका छन् । यस्तै, आयोगले तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानको लागि बोलाउने तयारी गरेको थियो ।

advertisement

तर, ओलीले आफू आयोगसमक्ष बयानको लागि नजाने अडान लिएका छन् । उनले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा आयोगले लगाएको स्थानहदको विषयमा आफ्नो गम्भीर असहमति राखेका थिए । सरकारले ओलीलगायतमाथि लगाएको स्थानहद हटाउने तयारी गरेको छ। ओलीले भने आफू आयोगमा गएर बयान दिने तर लिखित जवाफ भने पठाउने सन्देश सरकारसमक्ष पठाएका छन्

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com