काठमाडौं  समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकता गर्ने निर्णय गरेका छन्। आइतबार काठमाडौंमा सम्पन्न दुवै दलका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले औपचारिक रूपमा एकताको निर्णय गरेको हो

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई अझ सुदृढ र संस्थागत गर्ने निष्कर्ष निकालेको छ। संघीयता, पहिचान, समानुपातिक समावेशीता, सामाजिक न्यायलगायत अग्रगामी राजनीतिक परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता दुवै दलले व्यक्त गरेका छन्।

advertisement

त्यस्तै, न्यायपूर्ण समाज निर्माणका लागि संयुक्त रूपमा राजनीतिक गतिविधि अघि बढाउने सहमति पनि बैठकले गरेको छ। समान विचार, उद्देश्य र राजनीतिक एजेन्डाका आधारमा एकीकृत हुँदै देशमा राजनीतिक स्थायित्व कायम गर्न र समावेशी लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास दुवै दलले व्यक्त गरेका छन्।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com