काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच आगामी निर्वाचनमा एक भएर जाने सहमति भएको छ।
सोमबार राति सम्पन्न वार्तामा तीन पक्षबिच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यी शक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिनेछन्।
सहमति पत्रमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने काठमाडौं महानगरका मेयर बालेन शाहले साक्षीका रूपमा हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार पार्टी एकीकरणपश्चात् रवि लामिछाने नै केन्द्रीय सभापति रहनेछन्। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपाको उपसभापति बन्नेछन्। घिसिङसँगै डीपी अर्याल र स्वर्णिम वाग्ले पनि उपसभापति रहने सहमति भएको छ।
तीन पक्षले २०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मर्मलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार











प्रतिक्रिया