काठमाडौ । एमालेले पेश गरेको ११० जनाको समानुपातिक उम्मेदवार सूचीमा खस आर्य समुदायका ३३ जना परेका छन्। तीमध्ये १६ पुरुष र १७ महिला छन्।
सूचीमा पार्टीका शीर्ष नेताहरू रामबहादुर थापा बादल, पद्मा अर्याल र गुरु बराल पनि समावेश छन्।
खस आर्य समुदायबाट समानुपातिकमा परेका केही नाम यस प्रकार छन्:
- नरेश पोखरेल (मोरङ)
- पर्शुराम अधिकारी (भोजपुर)
- बमबहादुर बिसी (अछाम)
- हरिशंकर योगी (कैलाली)
- बालाराम शर्मा (सुर्खेत)
- दुर्गा बहादुर शाही (कालीकोट)
- निर्मला पाठक (झापा)
- लक्ष्मी थापा
- मेनका काफ्ले
- शारदा पराजुली
- यशोदा कुमारी बराल
- लीला भण्डारी
- अंशु मैया खड्का
- नारायणी खनाल
- प्रभा बराज
- भागीरथी सिंह (बझाङ)
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार












प्रतिक्रिया