काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो । सोमबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार












प्रतिक्रिया