काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका धेरैजसो हतियार फिर्ता आइसकेका बताएका छन् ।
मंगलबार काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनर्निर्मित भवन हस्तान्तरण कार्यक्रममा बोल्दै कार्कीले थोरै हतियार मात्रै फिर्ता आउन बाँकी रहेको बताए ।
साथै, उनले विभिन्न अवस्थामा आफ्ना असन्तुष्टिलाई ढुंगामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको पनि बताए ।
कार्कीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागीताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिकको भावनाअनुसार काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिए ।
सभ्य समाज निर्माण गर्न नागरिक, प्रहरीलगायत सबैबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ ।
जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ ।
स्थानीयलगागत सरोकारवालाले भवन पुनर्निर्माण गरेका हुन् ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार











प्रतिक्रिया