काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच बुधबार एकता भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूले एकता सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै राप्रपा र राप्रपा नेपाल एउटै पार्टीका रूपमा अघि बढ्ने सहमति भएको स्राेतले जनाएकाे छ । पार्टी संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्यदिशाबारे सहमतिका आधारमा एकता गरिएको नेताले बताए ।
एकतापछि संयुक्त रूपमा आगामी राजनीतिक गतिविधि र निर्वाचनमा अघि बढ्ने दुवै दलको तयारी छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया