काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न औषधि पसलहरूमा आफूलाई लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय आकाश भन्ने नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

advertisement

प्रहरीका अनुसार उनीहरूले औषधि पसलमा पुगेर लागुऔषधजन्य औषधि बिक्री गरेको आरोप लगाउँदै डर–धम्की दिई रकम असुल्दै आएका थिए। घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com