काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई विश्वमै शान्ति केन्द्रका रूपमा घोषणा गरी अन्तर्राष्ट्रिय मान्यता हासिल गर्नुपर्ने धारणा राखेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको सर्वपक्षीय संवाद कार्यक्रममा बोल्दै डा. भट्टराईले नेपालले ‘कसैसँग लड्दैनौं, लगानी भित्र्याएर विकास गर्छौं’ भन्ने स्पष्ट राष्ट्रिय संकल्प लिनुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार नेपालले भारत र चीनलाई प्राथमिकतामा राख्दै तेस्रो मुलुकहरूसँग पनि सूचना प्रविधि लगायतका क्षेत्रमा सहकार्य विस्तार गरी पुँजी र प्रविधि भित्र्याउनुपर्ने अवस्था छ ।
डा. भट्टराईले श्रम निर्यातमा निर्भर रहनुभन्दा खाद्यवस्तु र सेवा क्षेत्रको निर्यातमा जोड दिनुपर्ने बताए । “लेबर एक्स्पोर्ट होइन, फुड र सर्भिसेज एक्स्पोर्टमा ध्यान दियौं भने देश निर्माण सम्भव हुन्छ,” उनले भने ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार











प्रतिक्रिया