काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अन्योलता हटेको दाबी गरेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै संयोजक ‘प्रचण्ड’ले देश अब निर्वाचन तयारीतिर गएको बताए।

‘अहिले देश अन्योलमा छैन भनेर हामी सबैलाई लागेको छ। सरकारलाई धेरै अप्ठ्यारो भएको मलाई थाहा छ। तर, जसरी तपाईँहरूले निर्वाचन नै हो भनेर वातावरण बनाउनुभयो। तपाईँहरू धन्यवादको पात्र हुनुहुन्छ। देश अब निर्वाचनको तयारीतिर गएको छ, ’उनले भने।

advertisement

उनले संविधानको सवालमा समीक्षा गर्नुपर्ने बेला आएको बताए। जेनजी आन्दोलनपछि त झनै यसको आवश्यकता आइसकेको उनको भनाइ छ। ‘संविधान बनेकै बेला पनि हामीले दस वर्षपछि समीक्षा गर्नुपर्छ भनेका थियौँ। जेनजी आन्दोलनपछि त्यसले हामी सबैको आँखा खोलेको हुनुपर्छ। निर्वाचनपछि आउने संसद्ले यस विषयमा पनि सोच्न जरुरी छ, ’उनले भने।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com