काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा ऊर्जामन्त्री कुलमान घिसिङ समूहबीच भएको एकतापछि पार्टीको पदाधिकारी संरचना सम्बन्धी सहमति पनि टुंगिएको छ ।

रास्वपा स्रोतका अनुसार बालेन शाह समूहबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने सहमति भएको छ । यस्तै, कुलमान घिसिङ समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता दिने समझदारी बनेको छ ।

advertisement

रास्वपा स्रोतले भन्यो, “बालेन र कुलमान समूहबाट दुई–दुई जनालाई पार्टी पदाधिकारीमा समावेश गर्ने भद्र सहमति भएको हो । सहमतिअनुसार नाम भने आउन बाँकी छन्।

पार्टी सभापति रवि लामिछानेले बालेन शाह र कुलमान घिसिङलाई पार्टीमा समेट्ने विषयमा छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर गरिसकेको स्रोतले जनाएको छ ।

सहमति अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने समझदारी समेत भएको बताइएको छ । उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङलाई रवि लामिछानेपछि पहिलो वरीयताको उपसभापति बनाइएको छ ।

वरीयताका आधारमा कुलमान घिसिङपछि उपसभापतिमा डिपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति छ ।

हाल रास्वपामा कबिन्द्र बुर्लाकोटी महामन्त्रीको जिम्मेवारीमा छन् भने सहमहामन्त्रीका रूपमा विपिन आचार्य मात्र छन् । सहप्रवक्तामा प्रतिभा रावल र रमेश प्रसाईं रहेका छन् ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com