काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् ।

नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् । सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको टोली प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना गरिने कार्यक्रममा सहभागिताको निम्तो दिन बालुवाटार आएको हो ।

advertisement

उक्त टोलीसँग कुराकानी गर्दैै प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब राजनीति होस् या सांस्कृतिक फाँट, युवालाई नै अघि सार्नुपर्छ । विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ ।’

उक्त टोलीमा सङ्घका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ता पनि सहभागी थिए

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com