काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली पेश गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ।

पार्टी विधानको धारा ११७ उपधारा (३) अनुसार, उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरूमध्येबाट उम्मेदवार चयन गरी नामावली पठाउन पार्टी प्रदेश समिति र जिल्ला समितिलाई निर्देशन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

advertisement

उम्मेदवारहरूको नामावलीमा सिफारिस गरिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि र पार्टीमा पुर्‍याएको योगदानसमेत उल्लेख गर्न भनिएको छ।

अन्तिम निर्णय भने पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठित संघीय संसदीय बोर्डले गर्ने बताइएको छ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com