काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। पार्टीभित्र देखिएको पछिल्लो विवादले कांग्रेस फुट्ने भन्ने आशंका निराधार रहेको उनले बताएका हुन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे। ‘ढुक्क हुनुहोस्, पार्टी एकढिक्का रहन्छ,’ उनले भने, ‘सद्भाव, सुशासन र समुन्नतिको जिम्मेवारी बोकेको नेपाली कांग्रेस सिङ्गो समाजलाई एकतामा बाँधेर अघि बढ्छ। पार्टी विभाजन हुँदैन।’

advertisement

महामन्त्री शर्माले कांग्रेस फुट्छ भन्ने सोच राख्नु नै गलत भएको उल्लेख गर्दै त्यस्तो धारणा त्याग्न आग्रह गरे। पार्टीभित्र देखिएको विवाद समाधान गर्न कुनै कठिनाइ नभएको भन्दै उनले कांग्रेससँग सबै कुरा मिलाउने क्षमता रहेको बताए।

‘सबै विषयलाई सन्तुलन र समझदारीका साथ मिलाउन सक्ने शक्ति कांग्रेससँग छ,’ शर्माले भने, ‘पार्टीभित्र देखिएका विवाद पनि सहजै समाधान हुन्छन् र समाधान गरिन्छ।’

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com